चितवन, २ फागुन । आज प्रेम जोडीहरुका लागि सौराहा विशेष बन्दै छ । यती बेला सौराहा मायाका सांकेतीक बस्तुहरुले सिंगारीएका छन् ।
सौराहा फुड फेस्टिबल अन्तरगत आज भेलेनटाईन डेको अवसरमा प्रेम प्रेमिकाहरुका लागि विभिन्न कार्यक्रमहरु समेत हुदैँछन् ।
रेवानका अध्यक्ष गोकर्ण गिरिका अनुसार आज प्रेम पत्र लेखन प्रतियोगिता हुने छन् । प्रतियोगिहरुले लेखेका प्रेम पत्रहरु वाचन समेत गर्नेछन् ।
“सौराहामा मायका चिन्ह जनाउने फुलका गुच्छा, बेलुनहरुहरुले सजिसजाउ भएका छन्, आज सौराहा आउने प्रेमजोडीहरुका लागि विशेष हुने छन् उनहीहरुले एउटा नयाँपनको आवास गर्नेछन। ” अध्यक्ष गिरिले भने ।
साथै आज सौराहा फुड फेस्टिबल अन्तरगत पत्र लेखन प्रतियोगिता संगै भलीवल प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, बेलुन उडाउने प्रतियोगिता , फरक क्षमता भएका बालबालिकाहरुका लागि खाना खुवाउने कार्यक्रम रहेको अध्यक्ष गिरिले जनाकारी दिए ।
फुडफेस्टिबलमा आज पनि विभिन्न चर्चित कलाकाहरुको प्रश्तुती समेत रहने आयोजकले जनाएको छ ।