चितवन, २६ माघ । चितवनमा १३ वर्षीय एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

रत्ननगर नगरपालिका–७ बछ्यौलीकी एक बालिकालाई पैसाको प्रलोभन देखाई जवरजस्ती करणी गर्ने बाराको कोल्ही नगरपालिकाका ३० वर्षीय गंगा चौधरी र सोही स्थानका २२ वर्षीय अजय कुमारलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । उनीहरुलाई घटनास्थलबाट चार किलोमिटर टाढा रत्ननगर–६ को आर्मी व्यारेक नजिकबाट नियन्त्रणमा लिइएको उनले बताए ।

उनिहरुले मादक पदार्थ सेवन गरेर जवरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बालिकाको मेडिकल परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको छ भने करणीमा संलग्नलाई जवरजस्ती करणी ऐन अन्तर्गत कारवाहीको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।