सबैलाई थाहा भएको महोत्सव मेला भनेको कृषि महोत्सव, कला–साहित्य महोत्सव, विज्ञान महोत्सव आदि मात्र हो । तर, यौन महोत्सवबारे भने सायद सुनेकै छैनौ होला ।तर, इन्डोनेसियाको जाभा द्वीपमा भने हरेक ३५ दिनमा एउटा ‘सेक्स फेस्टिबल’ मनाउने चलन छ । उक्त यौन महोत्सवमा सयौं महिला जम्मा भएर एकदमै अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने गर्छन् ।
खबरअनुसार त्यसरी मानिस भेला हुने ठाउँलाई ‘गुनुंग केमुकस’ भनिन्छ । त्यसलाई सेक्सको पहाड अर्थात् ‘सेक्स हिल’ भनेर पनि चिनिन्छ ।खासमा यस्तो अनौठो चलन कसरी सुरु भयो होला रु यो पनि भनिहालौं । हो, यस्तो सेक्स पहाडमा यौन महोत्सव मनाउनुको पनि अनौठो कारण रहेछ ।यो बताइन्छ कि, परापूर्वकालमा एकजना राजकुमार बस्थे । आफ्नै सौतेनी आमासँग यौन सम्पर्क राख्दै गर्दा उनी समातिएका थिए । त्यसपछि उनी र सौतेनी आमाको सार्वजनिकस्थलमा हत्या गरियो । र, दुवैको लास सोही पहाडमा गाडिएको थियो ।
यसरी सामाजिक परम्परा कुल्चेर प्रेममा लिप्त भएको उक्त जोडीको बिदाइ भएको दिन सो पहाडलाई समयकालसँगै प्रेम र यौनको प्रतीकका रूपमा बुझन् थालियो । यतिसम्म कि, अहिले पनि उक्त पहाडमा आएर आफनो कामुकता प्रदर्शन गरे वा सेक्स गरे जो कोहीको भाग्य चम्किने विश्वास छ । यस्तो अनौठो यौन महोत्सवमा सहभागी हुनेले सौभाग्य पाउने र चिताएको पुग्ने जनविश्वास रही आएको छ ।उक्त पहाड अहिले धेरैका लागि ‘यौनको तीर्थस्थल’ का रूपमा परिचित छ । खबरअनुसार यस्तो क्षेत्रमा हरेक ३५ दिनमा त्यहाँ यौन अनुष्ठान नै हुन्छ । रातको समयमा रुखको फेदमा चकटी ओछ्याएर मानिस बस्ने गर्छन् ।त्यसपछि महिला–पुरुषको आपसमा चिनापर्ची हुन्छ । र, त्यसपछि मिन मिलेपछि उनीहरू नजिकै बनाइएका साना–साना छाप्रामा छिरेर यौन सम्बन्ध राख्छन्
इच्छाखबर संवाददाता












