आँबुखैरेनी, २१ माघ । आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु दर्शकको मुख्य आकर्षण बनेको छ । विभिन्न चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, नृत्य प्रतियोगिता, हास्य ब्याङ्ग, कौरा नृत्य लगाएतका कारण महोत्सव स्थलमा दिन प्रतिदिन दर्शकहरुको चाप बढ्दै गएको हो । दर्शकहरुले बढी रुचाईएका चर्चित पप गायक कमल खत्री, सुनिल गिरी, लोकदोहोरी गायक पशुपति शर्मा लगाएतका कलाकारहरुको प्रस्तुतीका कारण महोत्सवको रौनक झन बढेको महोत्सवका प्रवक्ता मिलन भुजेलले बताउनुभएको छ । कारोबारको हिसाबले महोत्सवमा आर्थिक कारोबार हिजो अस्तीको तुलनामा कम भए पनि दर्शकको चाप बढ्नु महोत्सवको सफल पक्ष मानिएको महोत्सवका प्रवक्ता भूजेलले बताउनुभएको छ । यस्तै, आज मात्रै ५ हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको आयोजक नेपाल आदीबासी जनाजती महासंघ आँबुखैरेनी गाउँ समन्व्य परिषदले जनाएको छ । यसैगरी, भोलि महोत्सवमा काउली बुढीको नामले परिचित सन्ध्या बुढा र चर्चित गायिका सहिमा श्रेष्ठले प्रस्तुती दिनुहुने बताईएको छ ।