चितवन,१६ माघ । नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्ने भएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा आज राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने भएको छ।

  भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा औपचारिक निर्माण घोषणा हुने लागेको हो । दिउँसो १ बजे हुने कार्यक्रममा भरतपुर महानगरपालिका र फाउण्डेसनबीच निर्माण सम्झौता समेत हुने भएको छ।

महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला बन्नेछ, फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० ले भने । रङ्गशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने उनले बताए।

रङ्गशालालाई एकेडेमिका रूपमा विकास गरिने लक्ष्य राखिएको छ। रङ्गशालाको खाका बन्दै गरेकाले के कति खर्च र समय लाग्ने भन्ने विषय घोषणा कार्यक्रममा नै जानकारी दिने कट्टेलको भनाई थियो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला चितवनको भरतपुर महानगरपालिका- १५ मा निर्माण हुनेछ।