तनहुँ, १० माघ । पृथ्वीराजमार्गको मुग्लीन–पोखरा सडक खण्ड विस्तार गर्दा तनहुँको आँखुखैरनीस्थित इलाका प्रहरीको कार्यालय बिस्थापित हुने भएको छ । सडकलाई दायाँबाया २५ मिटर चौडा बढाउँदा स्थानीय बासीको घर संरचनासंगै इलाका प्रहरी कार्यालय पनि बिस्थापित हुने भएको हो ।
बुधबार सम्पन्न गण्डकी प्रदेश मन्त्रीपरिषद बैठकले बिस्थापित इप्रकालाई पुनस्थापित गर्ने बारे निर्णय गरेको छ । अहिले भएको इप्रकालाई आँबुखैरेनीकै विद्युत प्राधिकरणको ३० रोपनीमध्ये ६ रोपनी जमिन प्रहरीलाई उपलब्ध गराउन संघ सरकारलाई अनुरोध गर्ने निर्णय पनि बुधबारको बैठकले गरेको छ ।