चितवन,२७ पुस । १२ औं संस्करणको चितवन महोत्सवको तेस्रो दिन आज हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकारहरुको हास्य प्रहसन रहने भएको छ । मेरी बास्सैका कलाकारहरु घिरौली र सापटीको प्रस्तुती रहने भन्दै दर्शकको संख्या बढ्ने आयोजकको अपेक्षा छ ।

यस्तै आजनै आधुनिक गीत प्रतियोगिता को पनि आयोजना हुँदैछ । प्रतियोगितामा १० जनाले आफ्नो प्रस्तुती दिनेछन् । करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवको आज नारायणी कला मन्दिर, रोयल डान्स सेन्टर, चितवन डान्स सेन्टर, नेपाल तामाङ घेदुंग, नेपाल भुजेल सेवा समाजले सांस्कृतिक नृत्य पनि प्रस्तुत गर्नेछन् ।

हिजो दोस्रो दिन करिव १० हजारले अवलोकन गरेका छन् । दोस्रो दिन बिहीबारबाट नै सांस्कृतिक कार्यक्रम सुरु भएपछि अवलोकनकर्ताको चाप बढेको हो ।

। दोस्रो दिन चर्चित हाँस्य कलाकार जीतु नेपालको प्रस्तुतीमा दर्शक पेट मिचीमिची हासेका थिए । हिजो बाट नै लोकगीत प्रतियोगिता समेत सुरु भएको छ । ११ जना प्रतियोगि कलाकारहरुले आफ्नो प्रस्तुती रहेको थियो ।