चितवन, २३ पुस । १२ औं चितवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा हुन लागेको महोत्सवका लागि प्रदर्शनी स्थल नारायणी नदी किनारमा महोत्सवको अन्तिम तयारी तिव्र पारिएको छ ।
महोत्सवको समुद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम भने रद्द भएको छ ।स्वास्थ्य प्रतिकुलताका कारण प्रधानमन्त्री आउन नसक्ने भएपछि महोत्सवको समुद्घाटन कार्यतालिका फेरिएको हो ।महोत्सव को समुद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने निश्चित भएको छ ।
तर पूर्व प्रधानमन्त्री दाहालकै संयोजनकारी भूमिकामा प्रधानमन्त्री ओलीले महोत्सवको १२ औं संस्करण समुद्घाटन गर्ने तयारी गरिएकोमा स्वास्थ्यकै कारण तालिका फेरी बदल्नुपरेको महोत्सव मूल आयोजक समिति संयोजक सहनलाल प्रधानले बताए ।
महोत्सव पौष २५ देखि माघ ४ गतेसम्म सञ्चालन हुने छ ।