काठमाडौँ, ९ पुस । कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डमा हतारमा नतिजा खोज्दा गलत अभ्यास नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला भएको स्वीकार गरेका छन् ।
निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न दबाव दिएको एकपछि अर्को घटना सार्वजनिक भइरहेका बेला खनालले प्रहरी अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका हुन् ।आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खनालले अनुसन्धानमा यति प्रतिशत सफलता हात पर्‍यो भनेर निर्धारण गर्न नसकिने बताए ।
उनले घटनाको अनुसन्धानमा कमजोरी गर्ने जो कोहीलाई नछाड्ने उनले प्रतिवद्धता जनाए । प्रहरीले छानबिन समितिको प्रतिवेदन अध्ययन भइरहेको भन्दै आईजीपी खनालले भने, प्रशासनिक कारबाही गर्न सिफारिस भएकाहरुलाई कारबाही गर्छौं ।
आवश्यक भए फौजदारी संहिताअनुसार पनि जान्छौं ।’निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीले आफूसँग भएको विज्ञताको उच्चतम सदुपयोग र ‘इमान्दार प्रयास’ गरिरहेको महानिरीक्षक खनालले बताए ।