कालीकोट, ९ पुस । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ ।
आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने बस्तीमा आगलागी हुदाँ अहिलेसम्म ५२ घर जलिसकेको गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले जानकारी दिएकी छिन् । । पूरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ ।
मध्य राति आगलागी शुरु भएपनि क्षतिको यकिन हुन सकेको छैन । इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको छ । प्रहरीलाई त्यहाँ पुग्न चार घण्टाको समय लाग्ने भएकाले त्यहाँको क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले दिए ।
गए रातिदेखि टेलिफोन सम्पर्क पनि राम्रो नभएका कारण घटनाको सत्यतथ्य बुझ्न पनि निकै कठिन भएको छ ।