गोरखा,२२ असोज । गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको पुर्ननिर्माण कार्य सम्पन्न भएको छ। जिर्ण भएपछि जगैबाट भत्काएर पुर्ननिर्माण गरिएको मन्दिरमा अहिले सम्म १३ करोड खर्च भएको जिर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
मन्दिरमा अब ढुंगा बिछाउने पर्खाल लगाउने लगायतको काम बाँकी रहेको बताउदैँ संयोजक श्रेष्ठले यी कामहरु सम्पन्न गरि सकभर दशैँबाट मन्दिर भित्रैबाट पूजा आजाको व्यवस्था मिलाउने तयारीमा रहेको जानकारी दिनुभयो ।
https://www.youtube.com/watch?v=8PAOZglfCj0&feature=youtu.be
https://youtu.be/8PAOZglfCj0
https://www.facebook.com/pallavi.paila/videos/1984227348300633/
मन्दिर पुर्ननिर्माणका लागि ४ करोड सरकारबाट सहयोग प्राप्त भएको र भक्तजनबाट ८करोड बढि रकम संकल भएको संयोजक श्रेष्ठको भनाईछ । मन्दिर निर्माणमा तामाको पातामा १८ किलो सुन जलप लगाउन प्रयोग गरिएको छ ।
अहिले मन्दिरको आँगनमै प्रतिमा बनाएर पुजा गर्ने व्यवस्था मिलाईएको छ । यसैबीच मनकामना मन्दिर पुर्ननिर्माण संगैँ यात्रुको चाप बढ्ने भएपछि मनकामना दर्शन प्रा.लि.ले केबलकारमा ३ ओटा नयाँ डिब्बा थप गरेको छ ।
यात्रुहरुलाई समयमै सहज ढंगले यात्रा गर्न सहज होस भनेर ३ ओटा नयँ डिब्बा थप गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले बताउनुभयो । ३ ओटा थप गरेपछि डिब्बाको संख्या ३४ पुगेको छ । मनकामना मन्दिर दर्शन गर्न जाने भक्तजन तथा पर्यटकहरुलाई सहजताका लागि नेपालमै पहिलोट पटक २०५५ सालमा मनकामना दर्शन प्रालिले केबलकार संचालनमा ल्याइएको हो ।