काठमाडौं ,१२ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्ता सम्हालेको चार बर्षमा चौथो पटक नेपाल आउँदै छन् ।१७ बर्षदेखि भारतीय कार्यकारी नेपाल नआएको इतिहास तोड्दै मोदीले २०७१ साउन १८ गते नेपालको पहिलो भ्रमण गरेका थिए ।
आजको कान्तिपुरको पृष्ठ १० मा यो समाचार छापिएको छ । पछिल्लो पटक बिमस्टेक सम्मेलनको अवसरमा आउँदो बिहीबार मोदी काठमाडौं उत्रँदै छन् ।
बिमस्टेक सम्मेलन सकिएपछि भारत र नेपालबीच दुईपक्षीय वार्ता र सम्झौता हुने तय भएको छ ।
दुईपक्षीय वार्तामा रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन र बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । यी दुवै एजेञ्डामा प्रधानमन्त्री केपी ओलीको गत चैतमा भएको भारत भ्रमणमा समझदारी जुटेपछि ुएमओयूुमा हस्ताक्षरका लागि बिमस्टेक सम्मेलनको अवसर पारिएको हो ।
यस्तै पशुपतिमा भारतीय सहयोगमा निर्मित धर्मशालाको मोदीले उद्घाटन गर्नेछन् ।