मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । पुनर्मिलनको योग रहेको छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । तिर्थाटनको योगछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ कार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेममा मधुरता छाउनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सम्पादनमा समस्या आउला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ कार्यको थालनी हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बौद्धिकताको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको प्रयत्न निष्फल जस्तै रहला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।