चितवन, ३१ असार । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले साउन देखि विकासका कामलाई अभियनका रुपमा संचालन गर्ने बताएका छन् । नेपाल नेत्रज्योति संघ चितवन शाखाको २० औं वार्षिक साधारण सभा एवं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले सरकारको मात्रै मुख ताक्नु भन्दा पनि प्रत्येक नागरिकले आफ्नो क्षेत्रबाट पनि देश विकासका लागि भुमिका खेल्न आग्रह गरे ।
मुखइमन्त्री पौडेलले ‘प्रदेश सरकारले चितवनलाई मेडिकल सिटीको रुपमा विकास गर्ने बताउदैँ सरकारले हरेक स्थानीय तहमा सञ्चालन गर्ने अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन गर्नुपर्नेमाजोड दिए।अहिलेसम्मको समय नीति निर्माण र ऐन कानून बनाउन लागेको भन्दै उनले सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि सबै नागरिक स्वस्थ हुनुपर्नेमा जोड दिए ।सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालन गर्ने तयारी गरेको बताउँदै पौडेलले ती अस्पतालमा आँखा उपचार केन्द्र खोल्न आवश्यक रहेको बताएका हुन् ।

नेपाल नेत्रज्योति संघ चितवनका कार्यबाहक सभापति कृष्णराज धरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, संघका केन्द्रीय अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्र, कृषि तथा वन विज्ञान विश्व विद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकाल, प्रदेश नं ३ का कृषि, भूमिसुधार तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश सांसद घनश्याम दाहाल, नेपाल नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के लगायतले मन्तव्य व्यक्त गरेका थिए ।संघको अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्दै छ ।