इच्छाकामना, २७  बैशाख । इच्छाकामनामा  विपद् प्रतिकार्यका लागि  सामुदायिक पहल (CADRE) तालिम सम्पन्न भएको छ । नेपाल  रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा (CORD II)को कार्यक्रम अन्तरगत इच्छाकामना गाउँपालिका वडा न ४ कुरिनटारमा सम्पन्न  तालिमको एक कार्यक्रमकाबीच  बुधबार  समापन गरिएको हो ।
बैशाख १९ गते देखि   २६ गते सम्म  दुई चरणमा संचालन गरिएको चार दिने तालिममा गाउँपालिकाका सात  वटै वडाका ४८ जनाको सहभागीता रहेका थिए ।

कार्यक्रम प्रमुख  कोर्स कोडिअनेटर महेश्वर थपलीय, कार्यक्रम अधिकृत उत्तमनाथ शर्मा  सुजन विक  सन्तोष महर्जन,गंगालामीछाने, र अम्बिका ढकाल  तालिमका प्रशिक्षक रहेका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखाका सभापती ज्ञानशाली गौतमले  इच्छाकामाा गाउँपालिका अन्तरगत रहेका सडकमा   दिनहु हुने सडक दुर्घटना, खहरे खोलाको  बाढी पहिरो , जस्ता जोखिमयूक्त  विकट भएकाले यो तालिम महत्वपुर्ण रहेको बताउनुभयो ।
आफुहरुले सिकेको ज्ञान र सीपलाई फिल्डमा गएर  सदुपयोग  गरि  समुदायका अन्य व्यक्तिहरुलाई पनि  ज्ञान र सीप बाड्न सहभागीहरुलाई  आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट आश्मा सिलवाल र सुधिर अधिकारीले मन्तव्य राखेका थिए ।    उनिहरुले आफुले सिकेको सीपलाई व्यावहारमा  ल्याउने प्रतिवद्धता  व्याक्त गरेका छन्   ।

नेपाल रेडक्रस सोसाइटी मुग्लिन शाखाका सभापती  काजि लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा न ५ का अध्यक्ष मोदराज सिललावल,नेपाल रेडक्स सोसाइटी चितवनका सदस्य  शालिग्राम पौडेल लगायतको आतिथ्य  रहेको थियो ।