मेष

दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन

मनमा निरासा र शरीरमा आलस्य आउला । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । घरायसी विवाद बढ्नेछ ।

सिंह

महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

तुला

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ । घरमा अतिथिको आगमन हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

धनु

आँटेकोे र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । पुनर्मिलनको योग रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कुम्भ

दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

बृष

महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । बोलीको प्रभाब बढ्नेछ ।

कर्कट

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कन्या

दैनिक कार्यमा प्रगती हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिक

चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । व्यवसायमा मन्दी आउला । नाक तथा घाँटीमा समस्या आउला ।

मकर

राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । धार्मिक यात्राको योगछ ।

मीन

प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ । व्यवसायमा मन्दी आउला । नाक तथा घाँटीमा समस्या देखिएला ।   ज्यो.प. नारायणप्रसाद दुलाल