चितवन, १२ फागुन । गजुरीमा कन्टेनरको ठक्करबाट मोटर साईकल चालको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ६ ख ९०७६ नम्बरको कन्टेनरले काठमाण्डौँबाट मुग्लिन तर्फ आउदैँ गरेको बा ८५ प ६२७२ नम्बरको मोटरसाईकललाई शनिवार विहान ७ : ३० बजे धादिङको गाउँपालिका १ स्थित पृथ्वी लोकमार्गमा ठक्कर दिदाँ घाईते भएका मोटरसाईकल चालक चितवन जिल्ला साविकको चण्डिभञ्ज्याङ गाविस ९ का कर्ण बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गुरुङको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिने कन्टेनर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।