काठमाडौँ,६फागुन।नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) सरकारी निवास बालुवाटार सर्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार निजी निवास बूढानीलकण्ठ फर्किएलगत्तै प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार सर्न लागेका हुन् ।

आइतबार ४ बजेबाट सरकारी निवास बालुवाटार सर्ने समय तय भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । प्रधानमन्त्री ओली परम्परागत तरिकाले नभई सामान्य तरिकाले सरकारी निवासमा प्रवेश गर्ने बताइएको छ ।

देउवाले सरकारी निवास खाली गरेलगत्तै ओलीको प्रवेशका लागि बालुवाटारमा शनिबार दिनभर सरसफाइ र मर्मतसम्भार गरिएको छ ।