गोरखा ९ मंसिर । गोरखा निवार्चन आचारंसहिताको ठाडो उल्लधन गर्दै गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उमेद्वार डाक्टर बाबुराम भट्टराईले निर्वाचन आचारसंहितको ठाडो उल्लधन गर्दै मौन अबधीका समयमा पनि चुनावी सभा गरेका छन् । भट्टराईले शुक्रबार राती अबरे पालुङटार नगरपालिकाको वडा नम्बर २ मा पर्ने फलामखानीमा चुनावी कार्यक्रम गरेका स्थानियबासीले बताएका छन् ।
शुक्रबार साझँ स्थानियबासी भरतपोखरेलको घरमा करिव ७० जना मानिसहरुको भेला गरी भट्टराईले चुनाव प्रचार प्रसार गरेका हुन् । उमेद्वार भट्टराईले स्थनियबासी भरत पोखरेलको घरको आँगानमा पाल टाँगेर भोजभतेर सहित कार्यक्रम गरेको स्थानियले बताएका छन् । स्रोतले भन्यो “भट्टराईले स्थानियबासीलाई अहिले मौनअबधी शुरु भइरसकेको छ आचारसंहित लाग्छ यस्तो कार्यक्रम गर्न पाइदैन त्यसैले गोप्य राख्नुहोला ।” शनिवार बिहानै पनि भट्टराई चुनाव प्रचारका केउरेनी, राइगाउँ लगायतका क्षेत्रमा पुगेका छन् । उनले थोरै थोरै मानिसको भेला गरेर बिहानै देखि कार्यक्रम गर्दैै हिडेको बताइएको छ ।
यता गोरखा जिल्लाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले मौन अबधीमा कुनै किसिमको चुनाव प्रचार गर्न नपाइने बताउनु भएको छ । उनले डा भट्टराईले कार्यक्रम गरेको भन्ने बारेमा आफुहरुलाई जानकारी नआएको भन्दै सो सम्बन्धमा उजुरी परे आयोगले तत्काल छानविन अघि बढाउने बताएका छन् ।