मरणासन्न हुने गरि कुटपिट गर्ने विरुद्ध प्रहरीले उजुरी लिन मानेन्
कुरिनटार, २९ साउन । मरणासन्न हुने गरि कुटपिट गर्ने विरुद्ध गोरखा प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षले बताएका छन् । ६ जना विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिदाँ पनि प्रमाण नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले उजुरी नलिएको कुरिनटारका जीवन क्षेत्रीले बताए ।
गत साउन २६ गते फुटबल खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका ४ राइनाशमा चितवनको मुग्लिनका केही यूवाहरुले कुरिनटारका युवाहरुलाई कुटपिट गर्दा ७ जना घाइते भएका थिए ।
घाइते मध्ये यदु सिलवाल, स्वस्तिक के...