महाविर पुनको ईन्टरनेटको डिबाइस चोरेर सुविसु ईन्टरनेट प्रालिको टावरमा हालियो। सुविसुको कर्मचारी विरुद्ध उजुरि
कुरिनटार २३ भदौ,रास्ट्रीय आबिस्कारको अभियन्ता महाबिर पुनले गोरखाको हिमालपारिको चुमनुब्री गाउँपालिकामा वितरण गरेको इन्टरनेट सेवाको प्राविधिक सामग्री चोरी भएको छ । नेपाल वायरलेस कम्पनीले निशुल्क वितरण गरेको इन्टरनेट सेवाका प्राविधिक सामग्री चोरी गरी सुविसु नामक इन्टरनेट प्रदायक कम्पनीका कर्मचारीले सुविसुको टावरमा प्रयोग गरेको नुब्री सांस्कृतिक युवा उत्थान समितिका अध्यक्ष लाक्पाढुण्ढुप लामाले जानकारी दिए ।
चोरी गरेको आरोपमा रसुवाको साबिक ठूलोगाउँ गाविस ६ घर भई अहिले चुमनुब्री ग...