पत्रपत्रिका

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार
काठमाडौं :  सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७७/८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण लिएको छ । सो वैदशिक ऋणमध्ये सरकारले १० अर्ब १० करोड ७२ लाखको मात्र खर्च गरेको छ । बाँकी करिब ७४ प्रतिशत अर्थात् २८ अर्ब ३१ करोडको भने प्रयोग नै नगरी ब्याज तिरेको पाइएको हो । महाले...

गोरखाको गण्डकी गाउँपालिकामा माओवादी र जसपाबिच तालमेल

गोरखाको गण्डकी गाउँपालिकामा माओवादी र जसपाबिच तालमेल
गोरखा :  गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल भएको छ । दुई दलबीच पालिका केन्द्रको अध्यक्ष र उपाध्यक्षमा तालमेल भएको हो । पालिका अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना (साकार) र उपाध्यक्षमा जसपाबाट भीमप्रसाद श्रेष्ठ चुनावमा होमिने सहमति बनेको हो । पालिका केन्द्रमा मिलेर जाने दुई दलबीच आन्तरिक लिखित सहमति भइसकेको छ । सहमतिअनुसार उम्मेदवारी दर्ता गराएका माओवादी र जसपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएक...

सवारीसाधनको कारबाहीबाट चितवनमा २ करोड राजस्व संकलन

सवारीसाधनको कारबाहीबाट चितवनमा  २ करोड राजस्व संकलन
चितवन : चितवन ट्राफिक प्रहरीले सवारीसाधनको कारबाहीबाट २ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको ९ महीना (साउनदेखि चैतसम्म)मा जिल्ला ट्राफिक कार्यालय, चितवनले २ करोड ३२ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । सो अवधिमा २४ हजार ४६४ ओटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय चितवनको तथ्यांक छ ।कार्यालयका अनुसार ९ महीनामा ६ हजार ५७६ ओटा मोटरसाइकल कारबाहीमा परेका छन् । मोटरसाइकलबाट मात्रै ५५ लाख १० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै...

पार्टीले आवश्यक ठाने भरतपुरको मेयर बन्न तयार छु : दिनेश कोइराला

पार्टीले आवश्यक ठाने भरतपुरको मेयर बन्न तयार छु : दिनेश कोइराला
चितवन : नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालाले पार्टीले आवश्यकता महशुस गरे भरतपुर महानगरपालिकाको मेयर बन्न तयार रहेको बताएका छन । इच्छा खबरसंग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन । पार्टीले आधिकारिक उमेदवार बनाए शानदार ढंगले जित्ने युवा नेता समेत रहेका केन्द्रिय सदस्य कोइरालाको दाबी छ । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पार्टी केन्द्रले माओबादीलाई भरतपुर महानगर दिँदा सभापति शेर बहादुर देउवाले कोइरालाको उमेदवारी फिर्ता लिएका थिए । कोइराला पुनः उमेदवा...

गरिबबाट उठाएको कर धनीलाई

गरिबबाट उठाएको कर धनीलाई
काठमाडौँ : अर्थविद्हरूले बजेट निर्माणमा बढी महत्त्वाकाङ्क्षी नबन्न तथा नागरिकले तिरेको करको दुरुपयोग नगर्न सरकारलाई सचेत गराएका छन् । मंगलबार काठमाडौँमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको देशको वर्तमान अवस्था र आगामी बजेट विषयक आर्थिक बहसमा बोल्दै उनीहरूले गरिब नागरिकले तिरको कर सामाजिक सुरक्षाका नाममा बाँडेर राजनीतिक दलले भोट किनेको पनि आरोप लगाए। कार्यक्रममा अर्थविद् डा।पोषराज पाण्डेले नेपालमा सामाजिक सुरक्षा भत्तालाई भोट माग्ने भाँडो बनाउ...

गाउँपालिकामा कोभिडको राहत रकम हिनामिना

गाउँपालिकामा  कोभिडको राहत  रकम हिनामिना
काठमाडौं : पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयबाट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कागजात नियन्त्रणमा लिएको छ। अनुदानको रकम हिनामिना गरेको विषयमा सम्बन्धित फाँटका कर्मचारीसँग सोधपुछ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए। कोभिड प्रभावित विपन्न परिवारका लागि राहत बाँड्न केन्द्र सरकारले रकम पठाएको थियो। त्यसबारे बुझ्न अख्तियारको क्षेत्रीय कार्यालयबाट मंगलबार प्रहरी नायव उपरीक्षक गणेश बरालको नेतृत्व टोल...

द्रुतमार्गका संरचनामा ‘नेपाली सेनाको लापरबाही’

द्रुतमार्गका संरचनामा ‘नेपाली  सेनाको लापरबाही’
काठमडौँ : नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई रमधेस द्रुतमार्ग सडकको काममा लापरबाही भएको छ। संसदीय टोलीले स्थलगत अध्ययनका क्रममा हालसम्म बनेका संरचनामा कमजोरी भेटाएको हो। रिटेनिङ वाल दबिएको, भत्किएको देखिएको प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले बताइन्। उनका अनुसार भत्किएको कतिपय स्थलमा मर्मतसमेत गरेको पाइएको छ। ‘वर्षौंसम्म टिक्नुपर्ने एसियन मापदण्डको भनिएको सडक अहिल्यै भत्किने, मर्मत गर्नुपर्ने अवस्था आउनुले निर्माण कमजोर...

सवारीचालक अनुमतिपत्र लिन सास्ती

सवारीचालक अनुमतिपत्र लिन सास्ती
काठमाडौं : सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ ।एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने सेवाग्राहीले ‘टोकन’ लिन, बैङ्कमा राजस्व जम्मा गर्न र फाराम बुझाउन मात्रै कम्तीमा नौ घण्टा लाग्छ । त्यहीमाथि दैनिक बाँडिने दुई सय ‘टोकन’ हात पार्न बिहान सखारै यातायात कार्यालय पुगेर लाम कुर्नुपर्ने अवस्था छ । लाइनमा दिउँसो ३ः३० बजे भेटिएका रौतहट वसन्तपु...

नयाँ भन्सार एजेन्ट रोक्न पुरानाको चलखेल

नयाँ भन्सार एजेन्ट रोक्न पुरानाको चलखेल
काठमाडौं : दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन्। दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित पारेर नयाँ एजेन्टको परीक्षा रोक्न सफल भएका थिए । पछिल्लोपटक अर्थमन्त्री जनार्दन शर्मा परीक्षा लिएर नयाँ एजेन्ट...

पश्चिम चितवनका पत्रकारहरु संगठित, अध्यक्षमा अपिल घिमिरे

पश्चिम चितवनका पत्रकारहरु संगठित, अध्यक्षमा अपिल घिमिरे
चितवन,२९ पुस । पश्चिम चितवनका पत्रकाहरु संगठित बनेका छन् । आज बिहीबार भएको पश्चिम चितवनका पत्रकारहरुको बृहत भेलाले २३ सदस्यीय पत्रकार मञ्च गठन गरेको हो । भेलाले अपिल घिमिरेको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अनिल भट्टराई र दीपा गौतम, सचिवमा हेमराज रिमाल, सहसचिवमा विवेक पोख्रेरल र विनिता श्रेष्ठ, कोषाध्यक्षमा रविन सुवेदी चयन हुनु भएको छ । सदस्यहरुमा रामशरण गैरे, प्रकाश लामिछाने, हिरालाल आचार्य डायमण्ड, लक्ष्मी ढकाल, पुनम थापा मगर, सविता अधि...