कुरिनटार-नेपाली कांग्रेस निकट इच्छाकामना गाउँपालिका महिला संघको अध्यक्षमा निवर्तमान इच्छाकामना गाउँपालिका प्रबत्ता तथा नेपाली कांग्रेसकि नेतृ सावित्री गुरुङ चयन हुनुभएको छ। नेपाल महिला संघ चितवन जिल्ला अध्यक्ष पार्वती साह द्वारा जारी गरिएको पत्र अनुसार गुरुङलाई इच्छाकामना गाउँपालिकाको अध्यक्षको जिम्मा दिदै ३ दिन भित्र अन्य पदाधिकारी चयन गर्न अनुरोध गरिएको हो।