कुरिनटार-चितवनको इच्छाकामनामा भ्रष्टाचार,ब्यतिथी र गुण्डागर्दि विरुद्ध अभियान चलाउन सचेत समूह नामक संस्था गठन हुनेभएको छ। पछिल्लो समय गाउँपालिकामा कर्मचारीले गरेको भ्रष्टाचार, त्रिशुली नदि बाध लगाएत अन्य राजनैतिक आवरणमा हुने गुण्डागर्दी बिरुद्ध शसक्त आवाज उठाउने , गलत काम गर्ने र राजनैतिक दललाइ दवाब सिर्जना गर्ने संचार साधन बाहेक अन्य संयन्त्र नहुदा गलत काम गर्ने कर्मचारी र राजनैतिक आवरणमा हुने गुण्डागर्दी, जनप्रतिनिधि द्वारा भएका गलत कामको प्रतिकार र रोकथाम हुन असहज भएको महसुस गरि सामाजिक न्याय , विकास र खवरदारिकोलागी स्थानिय युवा हरु सचेतसमूह निर्माणमा अग्रसर भएको समुहका सदस्य हरुले जानकारी दिएका छन । हिजो सनिवार सिद्धार्थ रिसोर्ट चुम्लिङटारमा करिव ३० जनाको उपस्थितिमा तदर्थ कमिटि गठन भएको र आउदो सनिवार गाउँपालिका स्तरीय कमिटी गठन गरि क्रमश वडा र टोल सम्म कमिटी गठन गरिने र भ्रष्टाचार र ब्यतिथी विरुद्ध अभियान चलाइने तदर्थ कमिटीका सदस्य हरुले बताएका छन। कमिटीमा बस्न र भ्रष्टाचार,ब्यतिथी र गुण्डागर्दि विरुद्धको महाअभियानमा जोडिन चाहने हरुलाई बिना राजनैतिक पुर्वाग्रह र अन्य कुण्ठा रहित रहि जोडिन समेत उनिहरुले आग्रह गरेका छन।