काठमाडौं  :  चितुवाको आक्रमणमा परी काठमाडौंमा पाँच जना घाइते भएका छन् ।बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका ८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीका विभिन्न ठाउँमा चोट लागेको छ ।