
काठमाडौं : देशभर यातायात कार्यालयका सबै सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएको हो ।
‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालले सूचना जारी गरेर भनेका छन् ।
यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।