कुरिनटार,२४ फागुन । अखिल नेपाल महिला संघ (अनेमसंघ)क्रान्तिकारी इच्छाकामनाले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । इच्छाकामना ५ तामिनमा एक अन्र्तक्रिया कार्यक्रम गरि दिवस मनाइएको हो ।
श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालको प्रमुख आतिथ्यतामा एक अन्र्तक्रिया कार्यक्रम गरि मनाइएको हो ।
गाउँका महिलाहरुको सहभागितालाई बढाउन गाउँमा कार्यक्रम गरिएको अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाका अध्यक्ष सम्झना खड्का सिलवालले बताउनुभयो ।

यस्ता कार्यक्रमहरु बजार केन्द्रित हुदाँ गाउँका महिलाहरु आाफ्नो हक अधिकार बारे शुसुचित हुनबाट बञ्चित हुदैँ आएको उहाँको भनाई छ । बजार केन्द्रित मात्र कार्यक्रम हुदाँ गाउँका महिलाहरुले सहभागीता जनाउन नसक्ने उहाँको भनाईछ ।
नेकपा माओवादी केन्द्र प्रदेश सदस्य प्रताप गुरुङ र सावित्री सिलवालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश परिषद सदस्य प्रकाश पोखरेल, नेकपा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष हरि बहादुर थापा लगायतको उपस्थिति रहेका थिए ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाका अध्यक्ष सम्झना खड्का सिलवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।