
मोरङ : प्रहरीले सुनसरीको दुहवी नगरपालिका–३ बाट एक थान पेस्तोलसहित एकजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका –१२ खनारका ३४ वर्षीय काउ भनिने सुशील साह रहेको प्रहरीले जनाएको छ।
पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीको टोलीले साहलाई मंगलबार राति साढे १० बजे दुहवी(३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान फिङगर पहुँच बरामद गरिएको छ।