गोरखा : लामो समय देखी रोकिएको फिस्लिङ –भुम्लिचोक जोड्ने मोटरेबल पुलको पुलसङ्ग जोड्न बाँकी रहेको कच्ची ट्रयाकको काम पुन सुचारु भएको छ । गोरखाको गण्डकी गाउँपालिका वडा न ६ को वडा अध्यक्ष जीवन गुरुङ र पुल निर्माण पक्षको प्रतिनिधिको उपस्तिथिमा लामो समयदेखि रोकिएको गोरखा पट्टिको पुलका ट्रयाक खन्ने बाँकी काम आज बाट सुरु भएको हो ।
निर्माण कम्पनीले गएको दशैँ अघिबाट पुल सञ्चालनमा ल्याइने बताएका थिए। तर पुल निर्माण कम्पनीले नै पुलसंग जोडिने ट्रयाक खन्ने सम्झौता भएपनि पुल मात्र निर्माण गरेर काम रोकेका थिए । निर्माण कम्पनीले सम्झौता बमोजिम उक्त ट्रयाक पनि पुल निर्माण कम्प्नीले गर्नुपर्ने थियो । तर कम्पनीले काम रोकेपछि वडाध्यक्ष जीवन गुरुङले सुचारु गर्न पटक पटक दबाब दिदैँ आएका थिए । काम समयमै सम्पन्न गर्न आग्रह गर्दा विभिन्न बहाना बनाई ढिलासुस्ती गर्दै आएको वडाध्यक्ष गुरुङले बताए ।

गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना र वडा अध्यक्ष जीवन गुरुङले पटक पटक काम समयमै सम्पन्न गर्न आग्रह गरेता पनि ठेकेदार पक्षले विभिन्न बहाना गर्दै आएका थिए

ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।
उक्त ट्रयाक खन्ने काम सम्पन्न भएसगैँ पुल पनि सञ्चालन मा आउने र यातायात सञ्चालन गरिने वडाध्यक्ष गुरुङले बताए ।
पुल सञ्चालनमा आएपछि करिब एक घण्टा ३० मिनेटको पालिका सम्मको यात्रा ४५ मिनेटमा छोटिने छ । पुल सञ्चालन नहुदाँ स्थानीयको उत्पादित कृषिजन्य सामाग्रीहरु झोलुङ्गेपुलबाट थप भरियाको सहयोगमा चितवनको इच्छाकामना ३ स्थित फिस्लिङ्ग बजार सम्म ल्याउनुपर्ने बाध्यता छ ।