केही दिन अगाडि नेकपा एमाले इच्छाकामना ७ को वडा भेलामा माओबादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको भनी आफ्नोनामको समेत भ्रमपुर्णरुपमा प्रचार गरिएकोमा आपत्ति जनाउदै दुई जनाले संयुक्त प्रेस बिज्ञपति जारी गरेका छन।
गत सनिबार नेकपा एमाले केन्द्रीय सद्स्य देबि ज्ञवालि प्रमुख अतिथी तथा एमाले जिल्ला अध्यक्ष माननिय कृष्णभक्त्त पोख्रेलको बिशिस्ट आतिथ्यता साथै अतिथिहरु जिल्ला सचिव प्रकाश खनाल शैलेस,जिसस प्रमुख कृष्ण कुमार डल्लाकोटि,कालिका नगरपालिकाका मेयर गोपि श्रेष्ठ, प्रदेश कमिटि सदस्य नारायण अधिकारी,एमाले पार्टी कार्यलय सचिव चन्द्र कान्त न्यौपाने लगायतको उपस्थितिमा वडा भेला सप्पन्न गर्नुको साथै आशिस मगर र चुननारायण श्रेष्ठको नेतृत्वमा युवा संघ नेपाल वडा ७ कमिटी गठन गरिएको साथै माओबादि केन्द्र परित्याग गरि बोध बहादुर गोलेको नेतृत्व मा ६१ जना र नेपालि काङ्रेस परित्याग गरि १० जना एमाले प्रवेश गरेको भनी दाबी गरिएको मध्य माओबादी केन्द्रका कुमार मगर ( पार्टी वडा सचिव ) र गंगा श्रेष्ठ (वडा सदस्य) ले संयुक्त प्रेस बिज्ञपति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको र आफुहरुले माओबादी केन्द्र छोडेर एमालेमा प्रवेस नगरेको प्रष्ट पारेका हुन।