
धादिङ : अविरल बर्षासंगै खसेको पहिरोका कारण अबरुद्ध त्रिभुवन राजपथको नागढुँगा नौबिसे सडक खण्ड सञ्चालन भएको छ । नागढुङ्गा नजिकै चिसापानीमा पहिरो जाँदा बिहान ९ बजेदेखि बन्द भएको राजमार्ग केही समय अगाडीबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
राजमार्गमा पहिरो हटाउन दुई वटा डोजर प्रयोग गरिएको थियो । दुई वटा डोजरले पहिरो पन्छाए पनि राजमार्ग सुचारु भएको नागढुँगा प्रहरीका प्रमुख त्रिभुवन थापाले जानकारी दिनु भएको छ । नागढुँङ्गा नाका भएर हरेक दिन हजारौँ यात्रु ओहोरदोहोर गर्दछन् ।