
चितवन : चितवनमा ८९ जना फरार व्यक्तिहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको गरेको फरार पक्राउ अप्रेसन अन्तरगत चार दिनको अवधीमा ८९ जना पक्राउ गरेका हुन् ।
भदौ ८, ०९, १० र ११ गते चोरी, लागू औषध, बहु बिबाह, बन पैदावर, किर्ते जुवा, सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद,सवारी अंगभंग, सवारी ज्यान लगायतका मुद्दामा कैद तथा जरिवाना तोकी फरार रहेका ८१ जना पुरूष र ८ जना महिला पक्राउ परको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेकाहरुलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनएको छ ।