गोरखा :  सौतेनी दिदीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । भदौ ७ गते रातको समयमा आफ्नै सौतेनी दिदीलाई जबरजस्ती गर्ने सिरानचोक गाउँपालिकाका बस्ने बर्ष २६ को पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । फरक क्षमता भएको (बोल्न र सुन्न नसक्ने) बर्ष ३२ को महिलालाई उनको आफ्नै घरमा सुती रहेको ठाउँबाट तानेर भान्सा कोठामा लगि जबरजस्ती करणी गरेको पीडितले बताएका
छन् । आफु बलात्कृत भएपछि उनले आफ्नै श्रीमान, जेठानी लगायत घरका अन्य सदस्यलाई बताएकी थिइन् । बलात्कार गरेर फरार रहेका उक्त व्यक्तिलाई पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । पक्राउ परेका ती पुरुषलाई जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट हिरासत राखी अनुसन्धान गर्न ७ दिनको म्याद थप अनुमती समेत लिई थप अनुसन्धान भई रहेको उहाँले बताउनुभयो ।