आँबुखैरेनी, भदौ ८ । तनहुँ आँबुखैरेनीका युवा समाजसेवी अभियान श्रेष्ठले दृष्टि युवा क्लबलाई सडक बत्ती सहयोग हस्तान्तरण गर्नुभएको छ। समाजसेवी श्रेष्ठले आँबुखैरेनी गाउँपालिका वडा नं.१ का वडाध्यक्ष किसान थापाको रोहबरमा क्लबका अध्यक्ष पवन नेपालीलाई आज २० थान बल्ब क्लबलाई हस्तान्तरण गर्नुभएको हो। क्लबको उज्यालो अभियान अन्तर्गत सडक बत्ती गत बर्षदेखि नै राखिएको भएता पनि बर्षात र हावाहुरी लगायतका कारणले केही सडक बत्तीमा समस्या आएकोले उक्त समस्यालाई मध्य नजर गर्दै समाजसेवी श्रेष्ठले सो सडक बत्ती सहयोग गर्नुभएको क्लबले जनाएको छ ।आँबुखैरेनी-१, स्थित डुम्रीडाँडा र ढाप गाउँ वरिपरि साँझको समयमा डेरि आवतजावत गर्न, गाउँ बेशी हिडडुल गर्न सहज र सुरक्षीत होस भनि क्लबको सामाजिक कार्यलाइ प्रोत्साहन स्वरुप उक्त सहयोग गरेको समाजसेवी श्रेष्ठले बताउनुभयो। क्लबले गरेको समन्वयकारी सकारात्मक भुमिकालाई प्रसंशा गर्दै श्रेष्ठले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। यसैबिच, वडाध्यक्ष थापाले श्रेष्ठको समाजसेवा कार्य प्रती खुसी ब्याक्त गर्नुहुदै विशेष धन्यवाद दिनुभएको छ । क्लबका अध्यक्ष पवन नेपालीले चाड पर्व नजिकिदै गएको अबस्थामा गाउँलाई उज्यालो र सुरक्षित बनाउन सडक बत्ती सहयोग गर्नुहुने श्रेष्ठलाई क्लब र ब्यक्तिगततर्फबाट धन्यवाद दिदै खुशी ब्याक्त गर्नुभएको छ।