कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनटारमा रहेको शसस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले विपद् व्यवस्थापन र स्थानीय नागरिकको सेवामा खेलेको भूमिका प्रशंसा गरेका छन् ।आइतबार प्रहरी नायव महानिरिक्षक (डिआइजी)कालिदास धौवजीको विदाई कार्यक्रममा जनप्रतिनिधिहरुले हरेक विपद्मा शसस्त्र प्रहरीले आम नागरिकप्रति गरेको सहयोगको प्रशसा गरेका हुन् । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले यस शिक्षालयले विपद् व्यवस्थापनका साथै स्थानीय नागरिक र जनप्रतिनिधिहरुसंग सहकार्य गरि विभिन्न सामाजिक कार्यहरु गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले कोरोना महामारीमा शसस्त्र प्रहरीले खेलेको भुमिकाको पनि प्रशंसा गर्नुभयो ।
गाउँपालिकाको सहकार्यमा ट्रमा सेन्टरलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, विपद्का बेला स्थानीय नागरिकको उद्धार समेत गर्ने उदेश्यले हेलीप्याड निर्माण, एम्बुलेन्स संचाल लगायतका कार्यमा गाउँपालिकाले सहकार्य गरिएको बताउनुभयो ।
ट्रमा सेन्टरलाई सबै प्रकारको उपचार गराउने अस्पतालको रुपमा संचालन गर्नका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले आफुहरु निर्वाचित भएर आएपछि प्रहरी, नागरिक र जनप्रतिनिधिबिचको सहकार्यलाई अघि बढाइएको बताउनुभयो । यस शिक्षालयलाई गाउँपालिकाले गहनाको रुपमा लिएको बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले पनि विपद् व्यवस्थापनमा शसस्त्र प्रहरीले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनहरुमा पनि यस शिक्षालयलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।वडाध्यक्ष गोवर्धन अधिकारी र मोदराज सिलवालले पनि शसस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

No description available.
कार्यक्रममा डिआइजी कालिदास धौवजीले आफु यहाँ आएसंगै कोरोनाका कारण लकडाउन हुदाँ काम गर्न सहजता नभएपनि आफुले शिक्षालयमा विभिन्न संचरनाहरु निर्माणका साथै स्थानीय जनप्रतिनिधिहरुसंगको सहकार्यमा केही काम गर्न सफल भएको बताउनुभयो । स्थानीय सरकार र नागरिकको सहयोग विना काम गर्न नसकिने भन्दै आफु र यहाँको टिमले स्थानीय नगारिकसंगको सम्बन्धलाई जोड दिएको बताउनुयो ।
शिक्षालय दुर्घटनाका घाइतेहरुको उद्धार गर्ने जनशक्ति उत्पादन गर्ने पवित्र थलो भएको बताउनुभयो । उहाँले यहाँका नागरिक र जनप्रतिनिधको सहयोगले काम गर्न सहज भएको बताउँदै यहाँको बसाई सुखद क्षण भएको बताउनुभयो । यस शिक्षालयलाई मजबुद बनाउदै लैजादाँ यहाँको नागरिकलाई थप सहयोग पुग्ने बताउनुभयो ।
शसस्त्रप्रहरी उपरिक्षक शुसिल सुवेदीले नागरिकले प्रहरीको कमीकमजोरी औल्याइदिनुपर्ने बताउनुभयो । नागरिक जनप्रतिनिधिले आफुहरुको कमजोरी भनिदिए सुधार गर्न नागरिकको हितका लागि काम गर्नका लागि थप प्रेरणा मल्निे बताउनुभयो । स्थानीय नागरिक र जनप्रतिनिधिको सहयोगविना प्रभावकारी काम गर्न नसक्ने उहाँको भनाइ छ ।

No description available.
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सूर्य बहादुर रानाले शसस्त्र प्रहरीसंगको सहकार्यले यहाँ आफुहरुलाई काम गर्न सहज भएको बताउनुभयो । हरेक विपत्तीमा शसस्त्र प्रहरीको साथ रहदैँ आएको उहाँले बताउनुभयो ।
कार्यपालिका सदस्य निर्मला श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको भएको उक्त विदाई तथा फेरी भेटौला कार्यक्रम गाउँपालिका प्रवक्ता सावित्री गुरुङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि पत्रकार विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।
कालिदास धौवजी डिआइजीमा बढुवा भएसंगै काठमाडौँ सरुवा हुनुभएको हो ।
उहाँलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वडाध्यक्ष लगायतले सम्मानपत्र सहित टोपी र खादा लगाई विदाई गर्दै आगामी दिनमा कार्यकालको शुभकामना दिएका थिए ।