चितवन : प्रतिशतको आधारमा  चितवनको स्थानीय तह मध्य सबै भन्दा धेरै बेरुजु इच्छाकामना गाउँपालिकाको रहेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार इच्छाकामना गाउँपालिकाको ३.४७ प्रतिशत बेरुजु रहेको छ । त्यसै गरि कालिका नगरपालिकाको सबै भन्दा कम ०.६५ प्रतिशत रहेको छ । यस्तै माडी नगरपालिकाको ३ प्रतिशत, रत्ननगरपालिकाको २.२८ भरतपुर महानगरपालिकाको २.०२ खैरहनी नगरपालिकाको १.९५ र राप्ती नगरपालिकाको ०.९१ बेरुजु रहेका छन् ।
महालेखाका अनुसार आर्थिक वर्ष ०७६÷०७७ मा भरतपुर महानगरपालिकामा ५ अर्ब ३ करोड ४२ लाख ४२ हजारकोे लेखापरीक्षण गर्दा १० करोड १५ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै रत्ननगर नगरपालिकामा १ अर्ब ६९ करोड ४५ लाख ४१ हजारको लेखा परीक्षण गर्दा ३ करोड ८५ लाख ८९ हजारको बेरुजु देखिएको छ ।

यस्तै खैरहनी नगरपालिकामा १ अर्ब ४४ करोड ८ लाख ८१ हजारको लेखा परीक्षण गर्दा २ करोड ८१ लाख ५३ हजार बेरुजु, राप्ती नगरपालिकामा १ अर्ब ५४ करोड ५२ लाख ४० हजारको लेखा परीक्षण गर्दा १ करोड ३९ लाख ८५ हजार बेरुजु, कालिका नगरपालिकामा १ अर्ब ६३ करोड १६ लाख २६ हजारको लेखा परीक्षण गर्दा १ करोड ६ लाख १४ हजार बेरुजु, माडी नगरपालिकामा १ अर्ब १० करोड ६४ लाख ६३ हजारको लेखा परीक्षण गर्दा ३ करोड ३२ लाख ४० हजारको बेरुजु, इच्छाकामना गाउँपालिकामा ९९ करोड ३७ लाख ८५ हजारको लेखापरीक्षण गर्दा ३ करोड ४४ लाख ९८ हजारको बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।