गोरखा : विश्वभर फैलीरहेको कोभिड–१९ को नयाँ भेरियन्ट सहितको संक्रमण गोरखामा पनि बढ्दै गएपछि निषेधाज्ञालाई कडा पारिएको छ । कोरोना संक्रमणको दर जिल्लाभर तिव्र गतिमा बढी रहेकोले जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय समेतकोआधारमा जिल्ला प्रशासन कार्यालय गोरखाबाट जारी भएको निषेधाज्ञा कार्यान्वयनलाई कडाइका साथ लागु गरिएको हो ।
जस अन्तरगत आज पनि निषेधाज्ञा उलंघन गर्ने सवारी र मास्क नलगाई हिडडुल गर्नेहरुलाई कारबाही गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्ने कार्यमा संलग्न ३१ वटा सवारी साधनहरुलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । निषेधाज्ञा उल्लङघन गर्नेमा ४ वटा चार पांग्रे र २७ वटा दुई पांग्रे सवारी साधन रहेको उहाँले बताउनुभयो । ती सवारी साधनहरुबाट रु. ४२ हजार ५०० (बयालिस हजार पाँच सय) जरिवाना असुल गरिएको छ ।
आजै सार्वजनिक स्थलमा स्वास्थ्य सावधानीको बेवास्ता गरर मास्क नलगाई हिडडुल गर्ने १४ जनालाई जनही रु.१००।कादरले दरले जरिवाना समेत गरिएको प्रहरी नाय उपरिक्षक दाहालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय गोरखाबाट जारी भएको निषेधाज्ञा उलंघन हुने किसिमले गरिने जुनसुकै कार्य एवं गतिविधीहरुलाई रोक्न कडाईका साथ पालना गरिने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । निषेधाज्ञामा उल्लेख भएका मापदण्डहरुको पुर्ण पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।