चितवन :चितवनमा जारी निषेधाज्ञा थप कडाईका साथ भदौ १० गते राति १२ बजेसम्मका लागी थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले विज्ञप्ति जारी गर्दै भदौ १० गतेसम्म निषेधाज्ञा थपिएको हो । नयाँ भेरियन्ट सहितको (कोभिड –१९) को संक्रमणको जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि निषेधाज्ञामा थप कडाइ गरिएको प्रशासनले जनाएको छ ।