
कुरिनटार : चितवनको इच्छाकामना ५ मा रहेको इच्छाकामना मन्दिरको प्रवेशद्वार निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ । बिहिबार मैयादेवी कन्या कलेजका अध्यक्ष टंकनाथ पौडेलले इच्छाकामना ३ फिस्लिङमा मन्दिरको प्रवेशद्वार निर्माण गर्न आर्थिक सहयोग गर्नुभएको हो । देबघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष समेत रहनुभएका पौडेलले गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङलाई प्रवेशद्वार निर्माणका लागि रु १,०१०००( एक लाख एक हजार) रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ लगायतको उपस्थिति रहेका थिए ।
गाउँपालिकाले यस अघि मुग्लिन तर्फबाट इच्छाकामना मन्दिर जाने प्रवेशद्वार निर्माण गरिसकेको छ ।