कुरिनटार- चेपाङ समुदायको धर्मसंस्कृती,भाषा,परम्परा र भेष-भुसाको संरक्षणको लागि चलचित्र निर्माणका लागि पहलकदमी लिन थालिएको छ।                                                                                      परापुर्वक कालदेखि बसोबास गर्दै आएका चेपाङहरुको आफ्नो मौलिक धर्मसंस्कृति,परम्परा, भाषा र भेष-भुसा रहेको भएपनी आधुनिकता संगसङै बिस्तारै लोप हुँदै जान थालेपछि चेपाङ समुदायका अगुवा हरुको नेतृत्वमा गठन गरिएको इच्छाकामना चेपाङ समितिले आज इच्छाकामना गाउँपालिकाको वडानम्बर एकमा गाउँपालिका अध्यक्ष गिताकुमारी गुरुङ सहितको उपस्थितिमा एक  बिशेष कार्यक्रम गरि चलचित्र निर्माणकालागि पहलकदमी लिएको हो।                                                                                                   बाग्मती प्रदेशको चितवन,मकवानपुर ,धादिङ लगायतको स्थानमा परपुर्वककाल देखि बसोबास गर्दै आएका पिछडिएको बर्गमा समाहित चेपाङ समुदायले सबै चेपाङ हरुले अपन्त्व गर्नेगरी आफ्नो पहिचानको लागि बनाउन लागेको चलचित्रको लागि इच्छाकामना गाउँपालिकाले अन्य स्थानिय तह र संबंधित क्षेत्र सङ समन्वय र आवस्यक परे आर्थिक सहयोगपनि गर्ने इच्छाकामना गाउँपालिका अध्यक्ष गिताकुमारी गुरुङले बताउनुभएको छ।