
काठमाडौँ : नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण गरिएको छ । सर्जन डा. सन्दीप गुलरियाको सर्जरी टिमले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको उनको निजी सचिवालयले जनाएको छ ।
एक महिना अघि भारतको ओपोलो अस्पतालमा उपचारको लागि भर्ना भएका उनको त्यही मृगौला प्रत्यारोपण गरिएको हो । दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनी उपचारका लागि भारत गएका थिए ।