
काठमाडौँ ,१९ साउन । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका अधिकांस भू-भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्विनि प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ।दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,बागमती , गण्डकी, कर्णालि, सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,बागमती, गण्डकी र लुम्विनि प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।