
भूम्लिचोक : गोरखाको गण्डकी गाउँपालिकामा दुई दिने प्रथम आवधिक विकास योजना तर्जुमा दीर्घकालिन सोच निर्धारण र योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु भएको छ । गण्डकी गाउँपालिकाको आयोजनामा सुरु गोष्ठीको वेलायती सहयोग नियोग र मोट म्याकडोनाल्ड सहयोगी संस्थाको रुपमा रहेको छ ।
गोष्ठीका लागि एस. डि. आइ.सी.को प्राविधिक सहयोग रहेको छ । गाउँपालिकाको कार्यालय भूम्लिचोकमा गोष्ठी सुरु भएको हो । गाउँपालिका अध्यक्ष होम बहादुर रानाको अध्यक्षतामा आजदेखि सुरु भएको गोष्ठी दुई दिन सम्म चल्ने छ । गोष्ठीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष ललिता अधिकारी, वडाध्यक्षहरु, स्वास्थ्य संयोजक निमित्त प्रशासकिय अधिकृत बेली श्रेष्ठ विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागी रहेका थिए ।