
काठमाडौँ : मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भू– भाग नजिक रहेको छ। हाल देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।