चितवन :  चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनटार जन्मिएर बेलायतमा कर्मथलो बनाएका गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा ग्लोवल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले आगामी कार्यकालको लागि अक्टोवरमा हुन लागिरहेको चुनावमा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)को सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

अघिल्लो निर्वाचनमा समेत आइसिसी सचिवको प्रतीस्पर्धी रहनु भएको अधिकारीले गैर आवासीय नेपालीहरुको प्रमुख मुद्धा गैर आवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी भएको बताउनु भयो । संविधानमा उल्लेख हुँदा पनि गैर आवासीय नेपाली नागरिकता सम्बन्धि ऐन बन्न नसक्नु र कार्यान्वयनमा आउँन नसक्नु चिन्ताको विषय भएको बताउँदै गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन गराउन आफू लागिपर्ने बताउनु भयो ।

त्यस्तै, अधिकारीले युवा तथा दोस्रो पुस्तालाई एनआरएनमा सहभागि गराउन, महिलाहरुका मुद्धाहरुलाई सशक्त रुपमा उठाउन, महिला सहभागिता बढाउन, गोखार्जहरुको मागलाई सशक्त ढंगले उठाउन, विदेशमा नेपालको पर्यटन प्रबद्र्धन गर्न, विदेशमा रहेका नेपालीबाट नेपालमा लगानी भित्र्याउन, संघलाई साझा तथा पारदर्शी बनाउन, एनआरएनमा सदस्य संख्यामा बृद्धि गर्न, नेपाली भाषा, संस्कृति र भेषभूषाको संरक्षण गर्न, स्मार्ट एनआरएन निर्माणमा सहयोग गर्न जस्ता विभिन्न एजेन्डा रहेको बताउनु भयो ।
अधिकारी विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भएर लागीरहनुभएको छ । उहाँले कोरोनाको महामारीसगैँ लागु गरिएको निषेधाज्ञा कारण समस्यामा परेका चितवनको चेपाङ बस्तीहरुमा खाद्यान्य लगायतको सामाग्रीहरु समेत वितरण गर्नुभएको थियो ।