चितवन :  सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा मृतक सुजिताको ठुलबाबाको छोरा  झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय ‘सचिन’ भनिने सुकदेव भण्डारीलाई काठमाडौंबाट हिजो (बिहीबार) पक्राउ गरिएको सुजिता मृत्यु प्रकरणका अनुसन्धान अधिकृत डिसएपी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

सुकदेवलाइ ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने डिसएपी रानाले जानकारी दिनुभयो ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्नुभएको थियो ।

सुकदेव र सुजिताबीच बिबाह गर्ने सम्मको तयारी भएको र असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईबीचमा विवाद सृजना भएको अनुसन्धानबाट खुलेको डिएसपी रानाले बताउनुभयो ।

असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजितालाइ अपरिचित व्यक्तिले सिम्सरा चोक बाट अपहरण गरेका थिए । अपहरण भएको १० दिन पछि असार २० गते घर नजिकैको सामुदायिक वनमा सुजिता मृत अवस्थामा भेटिएकी थिइन् ।