चितवन : चितवनमा आज एकै दिन २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार १८१ जनाको पिसिआर र ७४ जनाको एन्टीजेन परिक्षणबाट २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा १५५, खैरहनी नगरपालिकामा २७, माडी नगरपालिकामा २२, रत्ननगरनगरपालिकामा १६ राप्तीमा २० कालिका नगरपालिकामा ११ र इच्छाकामना गाउँपालिकामा ४ जना संक्रमित थपिएका हुन् ।
चितवनमा केही दिनयता कोरोना संक्रममितको संख्या बढ्दै गएका छन् । हिजो मात्र १८३ जना संक्रमित थपिएका थपिएका थिए ।
चितवनमा आज सम्म संक्रमितको संख्या १९ हजार १३२ जना पुगेका छन् भने ३१८ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये १६ हजार ९५२ जना भने निको भई घर फर्किएका छन् ।