
चितवन : चितवनमा साउन १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज (बिहीबार) एक आदेश जारी गर्दै साउन १४ गतेसम्म निषेधाज्ञा थप गरेको हो । आज राति १२ बजेदेखि लागू हुनेगरी साउन १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाइएको छ।