काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।हाल देशभर सामान्य देखि पुर्ण बदली रहि केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मशाखाले जनाएको छ ।
राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी रधेरै भारी वर्षाको सम्भावना रहेको छ।