आँबुखैरेनी  :  युवा समाजसेवी तथा व्यवसायी अभियान श्रेष्ठले आज (सोमबार) अग्नि पीडित र क्लबलाई ५० हजार रुपैयाँ बराबरको विभिन्न सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको छ । श्रेष्ठले आँबुखैरेनी गाउँपालिका–५, बरालुङबेसि स्थित अग्नि पीडित स्यानी भुजेलको परिवारलाई ४० हजार रुपैयाँ बराबरको खाद्यान्न, भाडाकुडा, सिरक डसना लगाएतका सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

गत असार २९ गते बिधुत सर्ट भई अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा जलेर पुर्ण रुपले नस्ट भएको थियो । अग्नि पीडितको परिवारलाई राहत स्वरुप डेक्ची १ थान, कराही १ थान, थाल ५ थान,बाल्टिन १ थान, बाटा १ थान, केत्ली १ थान, कुकर १ थान, गिलास ५ थान, कचौरा ५ थान, जग १ थान, चामल २ बोरा, ५ केजि दाल, २ पोका नुन, बेसार(मसला ३ पोका, डसना २ थान, तन्ना २ थान, सिरानी ३ थान र सिरक २ थान हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिनुभएको छ । यसैगरी, आँबुखैरेनी गाउँपालिका–५, बरालुङबेसि कै जनचेतना युवा क्लबलाई १० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री सहयोग हस्तान्तरण गर्नुभएको छ । क्लबका सदस्य राजेश गुरुङलाई खेलकुद सामाग्री अन्तर्गत ३ थान भलिबल, १ थान पम्प र १ थान नेट हस्तान्तरण गर्नुभएको उहाँले बताउनुभएको छ ।